बागलुङमा जुवातास खेल्दै गरेका चार जना पक्राउ
बागलुङ, ९ असार बागलुङ नगरपालिका–२ जिपपार्क क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सोमबार दिउँसो करिब ३ बजे गरिएको छापामार कारबाहीमा उनीहरूबाट नगद रु. ३७ हजार ५०५ र ४ बुक तास बरामद गरिएको छ। […]