बागलुङ, ९ असार
बागलुङ नगरपालिका–२ जिपपार्क क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब ३ बजे गरिएको छापामार कारबाहीमा उनीहरूबाट नगद रु. ३७ हजार ५०५ र ४ बुक तास बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय बागलुङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
