ताराखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु
बागलुङ, १२ असोज ताराखोला गाउँपालिका–५ सिपमा पहिरोमा पुरी दुई जनाको मृत्यु भएको छ । ५५ वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो । पहिरोमा परीमा पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उहाँले बताउनुभयो […]