• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

ताराखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु

बागलुङ, १२ असोज

ताराखोला गाउँपालिका–५ सिपमा पहिरोमा पुरी दुई जनाको मृत्यु भएको छ । ५५ वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो ।

पहिरोमा परीमा पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उहाँले बताउनुभयो । आइतबार बिहान घरमाथिबाट आएको पहिरोमा पुरिएर घरधनी पुनसँगै उहाँकी सासु नरमाया रोकाको ज्यान गएको हो ।

सडक, विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि ढिलो गरी उक्त घटना सार्वजनिक भएको हो । “प्रहरी टोली आइतबार नै घटनास्थलमा पुगेर उद्धार गरेको हो”, प्रहरी उपरीक्षक प्रसाईँले भन्नुभयो, “हामीलाई हाम्रो सम्पर्क युनिटबाट आज मात्र घटनाबारे थाहा भयो ।”