ढलेको भवन हेर्दै वडाध्यक्षले भने, “मेरो मन-आत्मा त्यहीँ छ”
बागलुङ, १५ असोज आफ्नै पालामा ठडिएको वडा कार्यालय भवन कार्यकालको आखिरीतिर आइपुग्दा दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाको मन नराम्रोसँग कुँडिएको छ । बुधबार साँझपख क्षतिग्रस्त भवनछेउ भेटिनुभएका वडाध्यक्ष थापा भावुक सुनिनुभयो । दरमखोला किनारमा लडेको भवनतिर हेर्दै उहाँले भन्नुभयो, “मलाई मेरो दस मुरी धान फल्ने खेत बगेर केही फरक परेको […]