गण्डकी प्रदेशसभाबाट गाँजा खेती सम्बन्धी विधेयक पारित
पोखरा, २५ असार गण्डकी प्रदेशसभाको आज बसेको बैठकले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको थियो । त्यसअघि बैठकमा विधेयक छलफलका लागि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्रस्ताव राख्नुभएको थियो । छलफलमा प्रदेशसभा सदस्यहरु […]