बागलुङमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
बागलुङ, १२ जेठ जिल्ला प्रहरी कार्यालय, बागलुङले लागूऔषध सम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका बागलुङ नगरपालिका – ४ का ४५ वर्षीय गोकुल पुन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पुनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालतमा पठाइएकामा अदालतबाट कारागार चलान गरिएको प्रहरी निरीक्षक यामनारायण अर्यालले जानकारी दिनुभयो । […]