• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

ओम शान्ति भवनमा रक्तदान कार्यक्रम

बागलुङ, १५ भदौ

राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा ५० युनिट रगत संकलन भएको क्षेत्रीय कार्यालयका प्रमुख ब्रह्माकुमारी सावित्री बरालले जानकारी दिनुभयो । बागलुङ बजारस्थित ओम शान्ति भवनमा आयोजित रक्तदान कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश नातिकाजी लामिछाने, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
‘विश्व एकता र भातृत्वका लागि रक्तदान’ भन्ने आदर्श वाक्यसहित नेपाल, भारतसहितका मुलुकमा विशाल रक्तदान शिविरको आयोजना भइरेहको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङका प्रमुख बरालले जानकारी दिनुभयो ।