‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ भलिबलको उपाधि गलकोटलाई
बागलुङ, १ कात्तिक बागलुङमा आयोजित ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ को पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा निसीखोला गाउँपालिकालाई ३-२ सेटमा पराजित गर्दै गलकोटले विजेता बनेको हो । गलकोटले निसिखोलालाई पहिलो, तेस्रो र पाँचौ सेटमा क्रमशः २७–२५, २५–२० र २४–२२ मा पराजित गर्दै उपाधी चुमेको हो । […]