• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

२१औँ लेखनाथ महोत्सव पुस पहिलो साता

पोखरा, ७ मङ्सिर
लेखनाथ उद्योग वाणिज्य संघले पुसको ३ गतेदखि १४ गतेसम्म २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथउ द्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजनामा महोत्सव हुन लागेको हो ।

पोखरा महानगरपालिका–२७ को तालचोकमा हुने महोत्सवले तयारी तीव्र पारिएको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको बताइन् ।

उनले महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादितत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं बिक्री गरिने बताए ।महोत्सवका प्रचारप्रसार संयोजक ध्रुवबावु भटृराईले अर्थतन्त्रलाई चलामयमान गराउन उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । महोत्सवले स्थानीय र राष्ट्रियस्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्ने साथै क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगमस्थलका रुपमा महोत्सव प्रयोग हुने उनको भनाइ छ ।

महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचनाप्रविधिको प्रदर्शनी तथा बिक्रीकक्ष रहने जनाइएको छ ।

लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइललगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्धजन्य उत्पादनलगायतको विक्री एवं प्रदर्शनी रहनेछन ।
महोत्सव अवलोकन गर्ने सर्वसाधारणहरुको लागि प्रवेश टिकटको मुल्य रु।

१ सय, विद्यार्थीहरुको लागी रु ५० र बेलुका सुगम संगित÷कन्सर्टका लागि रु। २ सय कायम गरिएको छ । महोत्सवको बचत रकमबाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशिलता विकास, औधोगिक क्षेत्र निर्माणको लागि पहल, पर्यटन प्रर्वद्धनमा विकास साथै सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा करिब ३३५ व्यावसायिक स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाखखर्च भई रु १० लाख बचत हुने हनुमान गरिएको आयोजकले जनाएको छ ।