• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

ताराखोलामा गोठभित्र पुरुषको शव फेला

बागलुङ, १ असोज

ताराखोला गाउँपालिका–१ मर्स्याङ्दी खोला नजिकको गोठमा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका–५ का दुर्गबहादुर पाइजाको शव आज भेटिएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायब निरीक्षक देबराज काफ्लेले जानकारी दिए ।

शरीरभरि अरिङ्गालले टोकेर सुन्निएको अवस्थामा पाइजाको शव फेला परेको ताराखोला–१ का वडाध्यक्ष यमबहादुर श्रीषले बताए । मृतकको शवलाई परीक्षणका लागि गलकोट नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक पाइजा घरमा एक्लै बस्दै आएका थिए ।