• २०८३ कार्तिक ८, शनिबार
  • 2026 October 24, Saturday
  • Unicode Converter

उच्च अदालत बागलुङको सेवा सोमबारदेखि नियमित हुने

बागलुङ, २९ भदौ

उच्च अदालत पोखरा, बागलुङ इजलासले जेन्जी आन्दोलनका कारण स्थगित भएको मुद्दाको सुनुवाईलगायत अदालतको नियमित कामकारबाही सोमबारदेखि पूर्ववत् अवस्थामा सञ्चालन हुने जनाएको छ ।

आइतबार सार्वजनिक सूचनाआर्फत अदालतले साप्ताहिक पेसी सूचीमा चढाउनुपर्ने मुद्दाबाहेक अन्य मुद्दाको सुनुवाई नियमित सञ्चालन हुने जनाएको हो ।

यही भदौ २५ गते सूचना जारी गर्दै अदालतले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अन्य मुद्दाको सुनुवाई स्थगित गरेको थियो । जेन्जी आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिका कारण अदालतको सेवा प्रवाह प्रभावित भएको थियो ।