• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

बागलुङ कारागारको सुरक्षामा कडाइ

बागलुङ, २५ भदौ

जिल्ला कारागार बागलुङबाट कैदीबन्दीले भाग्ने प्रयास गरेपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित तीनै तहका सुरक्षा निकाय कारागारको सुरक्षामा खटिएको कारागार व्यवस्थापनले जनाएको छ ।

आज दिउँसो कैदीबन्दीले कारागारमा आगजनी गरी भाग्ने प्रयास गरेका थिए । सुरक्षाकर्मीले त्यस्तो प्रयासलाई असफल पारेका हुन्। आगजनी हुने खतरा देखेपछि बागलुङ नगरपालिकाको दमकल पनि कारागार परिसरमा पुगेको थियो । अहिले कारागारको अवस्था सामान्य रहेको छ ।

तस्बिर– मञ्जुल शाक्य