बागलुङ, २२ असोज
यहाँको एक कृषि सहकारीले बेसार खेती देखि प्रशोधन र वजारिकरणको काम सुरु गरेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको साना किसान कृषि सहकारी सस्थाले बेसारको खेति देखि यसको प्रशोधन, प्याकेजिङ र बजारिकरणकोकाम गरिरहेको सस्थाका अध्यक्ष ओमबहादुर केसीले बताउनुभयो ।
२ वर्ष अघि सहकारीमा आवद्ध सदस्यहरु मिलेर २ रोपनी क्षेत्रफल जमिनमा रोपिएको बेसारको उत्पादन बाट काम सुरु गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
पहिलो पटक उत्पादन भएको ३ क्विन्टल बेसारबाट प्रशोधन र बजारिकरणको काम थालिएको हो । जिल्ला कृषि कार्यालयको कृषि उद्यम कार्यक्रम अन्र्तगत बेसार काट्ने र प्याकेजिङका लागि ५० प्रतिशत अनुदानमा ९ लाख पर्ने मेसिन सहकारीले खरिद गरेको छ ।
सहकारीमा आवद्ध सदस्य र कार्यसमितिका सदस्यहरुले सबैकाम मिलेर गरिरहेका छन् । अघिल्लो पटक २ रोपनीमा लगाएको बेसार यो वर्ष भने ३ रोपनीमा लगाइएको छ ।
सहकारीमा आवद्ध सदस्यहरुलाई पनि व्यक्तिगत रुपमा बेसार खेतिका लागि आग्रह गरिएको छ । सहकारीले विउँ उपलब्ध गराउने र उत्पादीत बेसार बारीबाटै सहकारीले खरिद गर्ने गरि आग्रह गरेको सहकारीका प्रवन्धक नारायणप्रसाद ढकालले बताउनुभयो
सहकारीले अहिले आधा केजी र सय ग्रामको प्याकेटमा बेसार विक्रिका लागि तयार गरेको छ । आधा केजी बेसारको मुल्य ३५० र सय ग्रामको ७० रुपैयाँ तोकिएको प्रवन्धक ढकालले बताउनुभयो । ढकालका अनुसार सहकारीमा अहिले १४ सय ४७ जना सदस्यहरु आवद्ध रहेका छन् ।
अहिले उत्पादन भएकको बेसार स्थानिय बजार र सेयर सदस्यहरुले खरिद गरिरहेको र उत्पादन धेरै भएमा नजिकका बजारहरुमा विक्रिका लागि पठाइनेछ ।
सहकारीले सुरुमा बेसारको प्रशोधन र प्याकेजिङ गरेपनि विस्तारै कोदोको खरिद गरि प्रशोधन र प्याकेजिङ गरि पिठो पनि विक्रि गर्ने गर्ने लक्ष्य राखिएको छ । सहकारीले अहिले रासायनिक मल, साना किसानका उत्पादीत चामल विक्रि, बचत, ऋण को कारोबार गरिरहेको छ ।
कृषि सहकारी भएकाले बचत ऋणमा भन्दा कृषिमा बढी केन्द्रित गर्ने योजना अनुसार बेसार खेतीमा लागेको अध्यक्ष केसीको भनाइ रहेको छ ।
