बागलुङ, २६ भदौ
जिल्ला प्रशासन कार्यालय, बागलुङले जिल्लाभर पुनः कर्फ्यु आदेश जारी गरेको छ । कार्यलयले आज साँझ ७ बजेदेखि भोलि (शुक्रबार) बिहान ६ बजे सम्मका लागि कर्फ्यु आदेश लागू हुने जानकारी दिएको छ ।
कर्फ्यु अवधिभर आवत जावत नगर्न, कुनै पनि प्रकारको भेला,जुलुस प्रदर्शन, सभा, बैठक नगर्न आदेश दिइएको छ । प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार सो अवधिमा आदेश उल्लङ्घन गर्ने वा कार्यान्वयनमा अवरोध गर्ने जो कोहीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने छ ।
