• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

म्याग्दी कारागारका कैदीबन्दी भागे

म्याग्दी, २५ भदौ

म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारभित्र रहेका कैदीबन्दीहरु बुधबार बिहान भागेका छन् ।

८८ जना कैदीबन्दी रहेको कारागारबाट ७२ जना भागेका हुन् । बिरामी र हिड्न नसक्ने १२ जना कारागारभित्रै थिए । चार जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

बिहान सात बजेतिर हुलदंगा गर्दै मोटरसाइकल र स्कुटर चढेर कारागारमा पुगेका समूहले कैदीबन्दीहरुलाई सवारी साधनमा राखेर भगाएका प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी बद्री तिवारीले कारागारबाट कैदीबन्दी भागेपछि उत्पन्न असहज सुरक्षा अवस्थालाई मध्यनजर गरेर बेनीमा निषेधाक्षा जारी गरिएको बताए ।
कारागारमा नेपाली सेना परिचालन भएका छन् ।