गलकोटेले सुरु गरेको सरसफाइ अभियान पन्धौँ हप्तामा
बागलुङ, ५ असोज ‘हाम्रो टिम गलकोट’ले सुरु गरेको गाउँटोल र सार्वजनिकस्थलको सरसफाइ अभियान पन्धौँ हप्तामा प्रवेश गरेको छ । उक्त टिमले गत असार ७ गतेदखि हरेक शनिबार सडक, पुल, नाला, चौतारा, धारा, मन्दिरलगायत सार्वजनिकस्थलको सरसफाइ गर्दै आएको छ । पछिल्लोपटक गलकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको सरसफाइ गरिएको […]