मालिकाको गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
बागलुङ, २२ कात्तिक बागलुङ नगरपालिका–५ स्थित श्री गण्डकी गोपाल गोवंश संरक्षण केन्द्रमा चतुर्मासको अवसर पारेर अखण्ड दिव्य श्रीविष्णुसहस्रनाम पाठपारायण गरिएको छ । गत असार २२ गते हरिशयनी एकादशीदेखि सुरु भएको उक्त पाठपारायण आइतबार समापन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न जिल्लाका गुरुजनहरुबाट चार महिनासम्म निरन्तर १४ हजार आवृत्ति पाठ गरिएको श्री विश्वशान्ति […]