बागलुङमा रास्वपाको चुनाव प्रचारमा सेलीब्रेटी अनुहार
बागलुङ, २० माघ राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङको चुनाव प्रचारमा सेलीब्रेटी अनुहारलाई अघि सारेको छ । बालेनको भेष र शैलीमा पञ्चकोटबाट चुनाव प्रचारमा निस्केका गायक प्रकाश सपूत केही दिनयता गृह जिल्ला बागलुङमा छन् । उनीसहितको रास्वपाको चुनाव प्रचार टोली पश्चिम बागलुङको तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका हुँदै मंगलबार सपूतको जन्मथलो काठेखोला गाउँपालिका आइपुगेको रास्वपा बागलुङले जनाएको छ […]