पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि छ्याप्छ्याप्ती
पोखरा, २९ वैशाख पोखरामा सञ्चालित आयुर्वेद अस्पताल÷क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्बाध रुपमा विक्रीवितरण भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको नेतृत्वमा मङ्गलबार गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्याप्छ्याप्ती भेटिएका हुन् । औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरिएको […]