बागलुङ बजारमा नेकपा र राजमोको चुनावी तयारी बैठक, विभिन्न समिति गठन
बागलुङ, १७ माघ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट बागलुङ–१ का साझा वाम उम्मेदवार कृष्ण अधिकारीलाई वियजी गराउने उद्देश्यले शनिबार दुवै दलको संयुक्त बैठक बागलुङ बजारमा सम्पन्न भएको छ । बागलुङ नगरपालिकास्तरीय उक्त बैठकमा प्रमुख अतिथि एवं उम्मेदवार कृष्णप्रसाद अधिकारीले उम्मेदवारका तर्फबाट प्रतिबद्धता मन्तव्य राखेका थिए । […]