• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

बागलुङ बजारमा नेकपा र राजमोको चुनावी तयारी बैठक, विभिन्न समिति गठन

बागलुङ, १७ माघ

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट बागलुङ–१ का साझा वाम उम्मेदवार कृष्ण अधिकारीलाई वियजी गराउने उद्देश्यले शनिबार दुवै दलको संयुक्त बैठक बागलुङ बजारमा सम्पन्न भएको छ । बागलुङ नगरपालिकास्तरीय उक्त बैठकमा प्रमुख अतिथि एवं उम्मेदवार कृष्णप्रसाद अधिकारीले उम्मेदवारका तर्फबाट प्रतिबद्धता मन्तव्य राखेका थिए । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्ण केसी, बलावती शर्मा, क्षेत्री निर्वाचन परिचालन समितिका संयोजक तिलक थापा र सहसंयोजक कुमारविक्रम क्षेत्रीले मन्तव्य राखेका थिए ।

बैठकले संयोजक निर्मल श्रेष्ठ र सहसंयोजक टेकबहादुर आरसी रहेको दुई सय २५ सदस्यीय नगरपालिकास्तरीय साझा वाम उम्मेदवार निर्वाचन परिचालन समिति चयन गरेको छ । संयोजक शिव ढुङगाना, सहसंयोजक प्रकाश पौडेल रहेको युवा परिचालन समिति र धनमाया शर्मा संयोजक तथा मुमा शर्मा सहसंयोजक रहेको महिला परिचालन समिति गठन गरेको छ । बैठक बानपाका संयोजक निर्मल श्रेष्ठको अध्यक्षता, सहसंयोजक टेकबहादुर आरसीको सञ्चालन र परिचालन समितिका सदस्य राजु खड्काको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।