नवरात्र सुरु, बागलुङ कालिकामा भक्तजनको चहलपहल
बागलुङ, ६ असोज हिन्दुहरुको महान पर्व बडादसैँ अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरिँदैछ । नवरात्र सुरु भएसँगै बागलुङस्थित देशकै प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । बडादसैँको नवदुर्गामा यहाँ विशेष पूजाआजा हुने गर्छ । घटस्थापनाका दिनदेखि नै मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको कालिका भगवती मन्दिर […]