ताराखोलामा पाइपले च्यापिएर मजदुरको मृत्यु
बागलुङ, २३ जेठ बागलुङको ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन मध्यतारा जलविद्युत् आयोजनामा काम गर्ने मजदुरको फलामको पाइपले च्यापिएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शनिबार बिहान करिब ११ बजे आयोजनास्थलमा जेसीबीको सहायताले फलामको पाइप उचाल्ने क्रममा बाँधिएको तार चुँडिँदा पाइपले च्यापिएर २० वर्षीय दिल विकको मृत्यु भएको हो । पाइपले च्यापिएर गम्भीर घाइते भएका […]