पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन, खोजीमा प्रहरी परिचालन
पोखरा, २० साउन मर्दी हिमालको पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका छन् । माछापुच्छे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्कामा प्रहरीले उनीहरुको खोजी कार्य तीव्र पारेको छ । आज बिहान ८ बजेसम्म सम्पर्कमा रहेकामा त्यसपछि […]