कालिका मन्दिरको पार्किङ शुल्कबाट सामुदायिक विद्यालयलाई सहयोग
बागलुङ, १३ जेठ कालिका भगवती गुठी व्यवस्थापन समिति ले पार्किङ शुल्कबाट संकलित रकमलाई शिक्षा क्षेत्रमा लगानी गर्दै विभिन्न सामुदायिक विद्यालयलाई सहयोग गर्न थालेको छ । समितिले पदभार ग्रहण गरेपछि माघ महिनादेखि वैशाख सम्म संकलित रकममध्येबाट दोस्रो चरणमा बुधबार रामरेखा आधारभूत विद्यालय लाई दुई लाख रुपैयाँको अक्षयकोष स्थापनार्थ सहयोग गरेको हो । आवश्यकताका आधारमा सामुदायिक विद्यालयहरूमा […]