मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा बागलुङमा, १३० सडक मानवको उद्धार
बागलुङ, १३ जेठ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसन को संयुक्त अभियान अन्तर्गत सञ्चालित “मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा” मार्फत हालसम्म १३० जना सडक मानवको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चार जना बागलुङबाट उद्धार गरिएको अभियान टोलीले जनाएको छ। वैशाख २७ गते उद्घाटन गरिएको उक्त अभियान वैशाख २८ गते मेची पुलबाट सुरु भएको थियो। […]