नेपाल उद्योग व्यापार महासंघ गण्डकीको अध्यक्षमा चोखाल
बागलुङ, १२ वैशाख नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षता बागलुङका होटल व्यवसायी अर्जुन चोखाल चयन भएका छन् । शनिबार बागलुङ बजारमा सम्पन्न महासंघ, गण्डकी प्रदेशको तेस्रो सधारणसभा तथा दोस्रो अधिवेशनबाट चोखालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुंगाना, उपाध्यक्षहरुमा गोकुलप्रसाद कँडेल, बालकृष्ण कोइराला, नारायण श्रेष्ठ, गोपाल सुर्खाली, महिला उपाध्यक्षमा […]