• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

नेपाल उद्योग व्यापार महासंघ गण्डकीको अध्यक्षमा चोखाल

बागलुङ, १२ वैशाख

नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षता बागलुङका होटल व्यवसायी अर्जुन चोखाल चयन भएका छन् । शनिबार बागलुङ बजारमा सम्पन्न महासंघ, गण्डकी प्रदेशको तेस्रो सधारणसभा तथा दोस्रो अधिवेशनबाट चोखालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुंगाना, उपाध्यक्षहरुमा गोकुलप्रसाद कँडेल, बालकृष्ण कोइराला, नारायण श्रेष्ठ, गोपाल सुर्खाली, महिला उपाध्यक्षमा जमुना अधिकारी, महासचिवमा राजेन्द्र शर्मा, उपमहासचिवमा रामकृष्ण भट्ट, सचिवमा सोनम थापा क्षेत्री, कोषाध्यक्षमा मोतीलाल पौडेल, सहकोषाध्यक्षमा दशरथ गैरे रहेका छन् ।

साथै सदस्यहरुमा गगनबहादुर पुन मगर, प्रेम गिरी, घनश्याम न्यौपाने, टेकप्रसाद सापकोटा, कृष्णबहादुर खत्री, गीता खड्का, थुमाकुमारी पौडेल अधिकारी र प्रेमप्रसाद शर्मालाई चयन गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता गोविन्द वझाले जानकारी दिए ।

साधारण सभाले नेपाल उद्योग व्यापार महासंघका प्रदेश अध्यक्ष जनकराज पराजुलीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोकुल प्रसाद कँडेलको आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो । कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका प्रदेश अध्यक्ष जनकराज पराजुलीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको स्वागत र कोषाध्यक्ष गोकुल प्रसादकँडेलको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा महासंघको केन्द्र, प्रदेश र जिल्लास्तरका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । महासंघ गण्डकीका नवनिर्वाचत अध्यक्ष चोखाल होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्षसमेत रहेका छन् । चोखाल लामो समयदेखि हाटेल व्यवसायमा सक्रिय छन् ।