बागलुङमा त्रिदिवसीय कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाइने
बागलुङ, २ फागुन बागलुङमा त्रिदिवसीय कार्यक्रमसहित राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । शुक्रबार बसेको प्रजातन्त्र दिवस–२०८२ मूल समारोह समितिको बैठकले यही फागुन ६ देखि ८ गतेसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ । तीन दिनसम्म सम्पूर्ण सरकारी कार्यालय र सर्वसाधारणका घरमा दीप प्रज्वलन गर्ने, ६ गते बिहान प्रदेश जनस्वास्थ्य कार्यालय, सुरक्षा निकाय […]