कालिका भगवती गुठीको अध्यक्षमा खड्का
बागलुङ, ३ माघ बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा भुपेन्द्र खड्का नियुक्त भएका छन् । आगामी दुई वर्षका लागि गुठी संस्थानले खड्कालाई अध्यक्षमा नियुक्त गरेको हो । “गुठी संस्थानको शुक्रबार बसेको बैठकले अध्यक्षमा नियुक्त गरेको हो”, खड्काले भने । देशकै प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरमा यसअघि कुमार खड्का अध्यक्ष थिए ।