एमाले महाधिवेशन प्रतिनिधिका लागि बागलुङ–१ मा ३९ जनाको उम्मेदवारी
बागलुङ, १० मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न प्रतिनिधि सभा अन्तर्गत बागलुङ–१ मा ३९ जनाले उम्मेदवारी दिएका छन् । छ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाले मनोनयन दिएको एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए । खुलातर्फ तीन जना प्रतिनिधिका लागि २२ जनाले उम्मेदवारी दिएको उनले बताए । […]