विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोखरा, २० माघ रोजगारीका लागि विदेश पठाउने लोभ देखाएर ठगी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पोखरा महानगरपालिका–१९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका घर भई हाल पोखरामा बस्ने २८ वर्षीय वीरेन्द्र रावतलाई आइतबार पक्राउ गरिएको जिल्ला […]