• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

पोखरा, २० माघ

रोजगारीका लागि विदेश पठाउने लोभ देखाएर ठगी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पोखरा महानगरपालिका–१९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका घर भई हाल पोखरामा बस्ने २८ वर्षीय वीरेन्द्र रावतलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

पौडेलले फेसबुक कुराकानीमा आफू कानून व्यवसायी रहेको र पोल्याण्डमा श्रीमानले  सञ्चालन गरेको होटलमा लैजाने भन्दै ११ जनालाई ठगेको उनले बताए । रु.दस हजारदेखि रु.दुई लाखसम्म गरी कुल १४ लाख ६० हजार ठगी गरेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जानामाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ बस्नेतले बताए ।