दलाल पुँजीवाद प्रधानमन्त्री फेर्ने ठाउँमा आइपुगेको छ – नेता पुन
बागलुङ, २२ भदौ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले मुलुकमा दलाल तथा नोकरशाही पुँजीवाद हाबी भएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ द्वारा आइतबार आयोजित ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा उनले हुँदाहुँदा दलाल पुँजीपति वर्ग प्रधानमन्त्रीसम्म फेर्ने ठाउँमा आइपुगेको बताए । “राजनीतिक र प्रशासनिक नेतृत्वलाई […]