ताराखोलाका घर्ती मगर दरमखोलामा मृत भेटिए
बागलुङ, ६ असोज गत भदौ २१ गतदेखि बेपत्ता रहेका ताराखोला गाउँपालिका–२ अर्गलका भीमबहादुर घर्ती मगर मृत अवस्थामा फेला परेका छन् । गलकोट नगरपालिका–६ राजाको पुल नजिक दरमखोलामा आज दिउँसो उनको शव भेटिएको इलाका प्रहरी कार्यालय, गलकोटका प्रहरी जवान सूर्जे कामीले जानकारी दिए । स्थानीय सञ्जिव विकले माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए […]