बागलुङमा चौथो जेसीज कप फुटबल प्रतियोगिता सुरू
बागलुङ, २३ चैत बागलुङ जेसीजको आयोजनामा सोमबारदेखि ‘चौथो जेसीज कप फुटबल प्रतियोगिता’ सुरू भएको छ । प्रतियोगिताको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले ट्रफी अनावरणसहित शुभारम्भ गरे । उनले खेल क्षेत्रको विकासमा बागलुङ जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । जेसीजले युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा उल्लेखनीय योगदान पुर्याएको उनको भनाइ छ । युवालाई खेलप्रति आकर्षित […]