बङ्गलादेश र नेपालका फोटो पत्रकारद्वारा पोखरामा वृक्षारोपण
पोखरा, २ भदौ पोखरा भ्रमणमा आएका बङ्गलादेशका फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा वृक्षारोपण गरेका छन् । दुई देशबीचको भाइचारा एवं मित्रताको प्रतिक स्वरुप आपँलगायत विभिन्न फलफूलका बिरुवा रोपिएको हो । यसबाट फोटो पत्रकारहरुबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोग तथा समन्वयमा […]