बागलुङ महोत्सवमा ‘न्यू एयर इभ’को तयारी, फिरन्ते र रक हेड्सले प्रस्तुति दिने
बागलुङ, १६ पुस आठौँ संस्करणको बागलुङ महोत्सवमा बुधबार अङ्ग्रेजी नयाँ वर्ष विशेष साङ्गीतिक उत्सव आयोजना गरिएको छ । ‘न्यू एयर इभ’को स्वागतसहित साङ्गीतिक ब्याण्ड फिरन्ते र रक हेड्सले प्रस्तुति दिने महोत्सव मूल आयोजक समितिका संयोजक एवं बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । लाइभ डिजे कन्सर्टसहित गायक सम्भोज मल्ल पनि प्रस्तुत हुनेछन् […]