मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, पुन : निर्माणलाई प्राथमिकता दिइने
बागलुङ, १४ असोज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कालीगण्डकी नदीमा गत आइतबार आएको बाढीबाट प्रभावित पर्वतको जलजला गाउँपालिका-८ फर्सेको आज स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक, पुललगायत भौतिक पूर्वाधारमा परेको असर र प्रभावित नागरिकको अवस्थाबारे स्थानीयवासी र जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिनुभएको छ । विपद्मा परेका […]