पुनःनिर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार
पोखरा, ४ कात्तिक ‘जेन्जी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनःनिर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु वर्षको बजेट तथा कार्यक्रमबाट खर्च कटौती गरी स्रोत जुटाउने भएको छ । नगरी नहुने चालु कार्यक्रमबाहेकबाट खर्च कटौती गरी पुनःनिर्माणका लागि स्रोत जुटाउने नीतिगत निर्णय लिई कार्यान्वयनमा जान सबै मन्त्रालयलाई निर्देशन दिइसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । […]