पहिरोमा पुरिएर बेपत्ता महिलाको शव भेटियो
बागलुङ, १४ असोज अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएकी बागलुङको तमानखोला गाउँपालिका–४ सन्तरकी ५३ वर्षीया पुनसरा विकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार उनको शव शनिबार भेटिएको हो । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृत्यु हुनेमा […]