पर्यटक लोभ्याइरहेको घान्द्रुक
पोखरा, ८ वैशाख कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरू भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आउजाउ बाक्लिएको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सप्ताहन्तमा दैनिक एक हजारदेखि १२ सयसम्म पर्यटक आउने गरेको बताउनुभयो । “अन्य दिनमा पनि छरसात […]