जापानमा दोस्रो चैत्राष्टमी मेला सम्पन्न
बागलुङ, १० चैत बागलुङ समाज जापानको आयोजनामा टोकियोमा दुई दिनसम्म सञ्चालन गरिएको दोस्रो चैत्राष्टमी मेला सफलतापूर्वक सम्पन्न भएको छ। बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको हो। परदेशमा रहेर पनि नेपाली मौलिक परम्परा, संस्कृति […]