कास्कीमा ‘अपरेसन ३६५’, छ सय ७५ मोटरसाइकल चालक कारबाहीमा
पोखरा, १८ वैशाख मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनी प्रदुर्षण गर्ने र समाजलाई आंतकित बनाउनेविरूद्ध कास्की प्रहरीले सुरू गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म छ सय ७५ मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले संयुक्त रुपमा सुरु गरेको उक्त अपरेसनका क्रममा मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, चर्को ध्वनिसहित […]