नर्सिङ र एचए पढाउने गण्डकी सरकारको निर्णय कार्यान्वयन भएन
पोखरा, ७ कात्तिक चालु आवदेखि गोरखाको आँपपिपल अस्पतालमा एचए र बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरु गर्ने गण्डकी प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आउन सकेन । गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँगको सहकार्यमा यसै वर्षदेखि ती विषयको पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । माध्यमिक शिक्षा […]