पाक्दै थियो धान, खेतै लग्यो बाढीले
बागलुङ, १७ असोज फाँटमा धान झुलेर पहेँलो हुँदै थियो । किसान दसैँको अघिपछि धान भित्राउने सुरसारमा थिए । तर, केही दिनअघि दरमखोलामा आएको बाढीले दुःखजिलो गरेर उब्जाएको धानबाली मात्र लगेन खेत नै बगाइदियो । बागलुङको गलकोट नगरपालिका–९ का किसान यतिबेला प्रकृतिको प्रहार सहन बाध्य छन् । लहलह धान फल्ने खेत बगरमा परिणत हुँदा किसान गहिरो […]