क्यानभासमा बागलुङ कालिका
बागलुङ, २८ असार अघिल्तिर सतिसाल झैँ उभिएको कालिका भगवती मन्दिर । मन्दिरको चौघेरोमा बसेर कुची र रङ्गसँग खेलिरहेका कलाकार । आफैमा चित्रमय कालिका मन्दिर क्यानभासमा जीवन्त रुपमा पोतिदैँ थियो । सोह्रोँ शताब्दीताकाको मन्दिर कलामा प्रतिबिम्वित भइरहेको थियो । बागलुङस्थित कालिका मन्दिर शनिबार कलामय बन्यो । ‘मनसुन स्थलगत चित्रकला कार्यशाला’मा अग्रजदेखि अनुजसम्मका कलाकार एकैथलोमा जुटे । […]