भागेका कैदीबन्दी कारागार फर्कन थाले
बागलुङ, २७ भदौ जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी आफै कारागार फर्कन थालेका छन् । कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये शुक्रबार साँझसम्ममा ८५ जना कारागार फर्किएका छन् । कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरका अनुसार कैदीबन्दी फर्कने क्रम जारी छ । “कारागार विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई काराबार […]