‘नवदुर्गा कविता उत्सव’मा सुनिए नौ नारी स्रष्टा
पोखरा, २५ असोज कविता क्लबले बडा दसैँको अवसर पारेर शनिबार पोखरामा नौ जना नारी स्रष्टाहरूको सामूहिक कविता वाचन सम्पन्न गरेको छ । ‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारबारे कविता सुनाएका […]